छिनछिनमा ‘भुइँचालो’ गइरहेको छ, विचार गर्नुस् : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेका गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् । मंगलबार महाराजगन्जस्थित निर्मलनिवासमा नेपालीको महान् चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका लगाइदिँदै उनले यस्तो बताएका हुन् ।

उनले देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै व्यंग्यात्मक रूपमा छिनछिनमा ‘भुइँचालो’ गइरहेकाले विचार गरेर बस्न आग्रह गरे ।

“सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा दसैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु,” उनले भने, “हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।”

पूर्वराजा शाहले सम्पूर्ण नेपालीमा बडादसैँको शुभकामना दिए । उनले मंगलबारै आमसर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?