चितवनमा चार छुट्टा–छुट्टै घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते

चितवन : चितवनमा शुक्रबार भएका चार छुट्टा–छुट्टै घटनामा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । चार घटनामध्ये एउटा नदीले बगाएको घटना र तीन वटा सवारी दुर्घटना हुन् ।

बिहीबार राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका भरतपुर महानगरपालिका–२२ का राजन बोटेको शुक्रबार शव फेला परेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । बोटेको शव घटनास्थलबाट करिब १५ किमी तल नदीमा फेला परेको हो ।

शुक्रबार मंगलपुरबाट फुलबारीतर्फ आउदै गरेको बा प्र ०६–०१ प ४४८६ नम्बरको स्कुटरले प्रदेश २–०३–०१० प १६८४ नम्बरको रोकि राखेको स्कुटरलाई ठक्कर दिँदा बा प्र ०६–०१प ४४८६ नम्बरको स्कुटर पछाडि सवार भरतपुर–१५ बस्ने ६० वर्षीय मङगरा दराई घाईते भएका छन् । उनको टाउको र गालामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, खैरहनीस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट आउँदै गरेको बा प्र ०३–००३ प ५४८६ नम्बरको मोटरसाइकलले तीन पाङ्ग्रे रिक्सालाई ठक्कर दिँदा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–४ बस्ने ३८ वर्षीय राम चौधरीको दाहिने हात, खुट्टा र अनुहारमा चोट लागेर घाइते भए । रिक्सा चालक खैरहनी नगरपालिका–२ बस्ने ५७ वर्षीय राम बहादुर परियारको टाउकोमा चोट लागेर घाइते भएको प्रहरीले जनाएको छ । दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

खैरहनी–३ को भित्रि सडक खण्डमा ना ४५ प ४५०२ नम्बरको मोटरसाइकलआफै अनियन्त्रित भई पल्टिदा सवारी चालक भरतपुर–९ बस्ने बर्ष ४५ को प्रेम पुनको हात खुट्टा र अनुहारमा चोट लागेर घाइते भएका छन् । मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका–९ बस्ने बर्ष ४५ को देब प्रसाद पुनको पनि हात खुट्टा र अनुहारमा चोट लागेको छ । घाइते देवप्रसाद पुनलाई थप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ भने चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै जनाले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?