लियो क्लब अफ तनहुँले मनायो आफ्नो स्थापना दिवस

दमौली : लियो क्लब अफ तनहुँले आफ्नो स्थापना दिवस मनाएको छ । क्लबले आइतवार विशेष समारोहको आयोजना गर्दै दमौलीमा आफ्नो १५ औँ स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसर व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले लियो क्लब अफ तनहुँले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । क्लबले विद्यालय, विद्यार्थी तथा अन्य सामाजिक काममा आफूलाई अगाडि बढाएको भन्दै अन्य क्लबहरुले समेत सिको गर्नुपर्ने बताए ।

सो स्थापना दिवसको अवसरमा क्लबले संस्थापक सदस्यहरु, संस्थापक अध्यक्ष सुजन खनाल, पूर्व अध्यक्षलगायतका व्यक्तिहरुलाई सम्मान गरेको क्लबका सचिव मुकेश बिडारीले बताए ।

स्थापना दिवसको अवसरमा व्यास नगरपालिका -२ का वडाध्यक्ष काशीराम श्रेष्ठ,संस्थापक अध्यक्ष सुजन खनाल लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा लियो जिल्ला परिषद ३२५ एल नेपालका निवर्तमान अध्यक्ष लियो योगेश गौतम, वर्तमान सचिव सुनिल मिश्र, कोषाध्यक्ष सुलभ थकालि, लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका क्याबिनेट पदाधिकारीहरु र लियो निर्मल अल्फाका पदाधिकारी लगायत उपस्थिति रहेको थियो।

क्लबका द्वित्तीय उपाध्यक्ष रोशन श्रेष्ठ संयोजक रहेको कार्यक्रमको व अध्यक्षतामा अध्यक्ष वसन्ती थापाले गरेकी थिइन् भने प्रथम उपाध्यक्ष सगर घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?