इजरायलमा ज्यान गुमाएका सबै विद्यार्थीको शव पहिचान

काठमाडौं : इजरायलमा ज्यान गुमाएका दुई विद्यार्थीको शव पहिचान भएको छ ।

इजरायलस्थित नेपाली दूतावासले सोमबार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको जानकारी दिएको छ ।

दक्षिणी इजरायलको किबुज–अलुमिममा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । बाँकी दुईजनासमेत गरी १० जनाकै शव पहिचान भएको छ ।

पहिचान भएका सबै शव आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?