
तनहुँ: व्यास नगरपालिका वडा नं १४ अन्तर्गत दमौली केशबटार समाजद्वारा ११ महिने बालिका सबिना थापालाई उपचारको लागि सहयोग रकम जुटाउने भएको छ ।
व्यास -१४ स्थित हर्कपुर टोलमा बस्ने तोरन थापाको छोरी बर्ष ११ महिनाकि सबिना थापाको मुटु सम्बन्धि रोग साथै अप्राकृतिक मलद्वार र यौन अंग संगै जोडिएको थापालाई उपचारको लागि युवराज आलेको संयोजकत्वमा सहयोग रकम जुटाउने निर्णय भएको हो ।
बिरामी बालिकाको हाल काठमाडौं स्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार भईरहेको उनका बुवा तोरण थापाले जानकरी दिएका छन् ।
उनले भने,छोरीको मुटु सम्बधि रोगको उपचार निशुल्क भईरहेको छ । यसको अलवा अप्राकृतिक मलद्वार र यौन अंग संगै जोडिएकोछ तेस्को लागि पनि थप उपचार गर्नुपर्ने साथै उपचार खर्च कति लाग्छ एकिन छैन,साथी भाईलाई कुरा सेयर गर्नसाथ सहयोग गर्न बचनबद्धता जनाएकोले आफु निकै खुशी रहेको बताए ।
सामाजिक काममा निरन्तरता दिंदै व्यास-१४ का युवाहरु:
दमौली केशबटार समाजमा व्यास नगरपालिका वडा नं १४ केशवटारका युवाहरु छन् । युवाहरुले विभिन्न सामाजिक काममा निकै अगाडी र चासोका साथ काम गर्दै समाजमा दुख: पिडामा रहेका र घरको आर्थिक अवस्था नाजुक भएका दीर्घ रोगिहरुलाई सहयोग जुटाउदै आईरहेका छन् । जसको संयोजक युवाराज आले हुन् भने तेस्मा व्यास-१४ युवाहरु निकै सक्रियता साथ युवा जमात जुटीरहेका छन् ।
समाजको पहलमा यस अघि पनि मिर्गौला पिडित सन्तोष रानालाई उपचारको लागि ३१ लाख भन्दा बढी रकम संकलन गरि हस्तान्तरण गरिएको थियो ।
काम यतिमा सिमित नभईकन अर्का मिर्गौला पिडित मेगीसरा थापालाई पनि उपचारको लागि दुई लाख १२ हजार ८० रुपैयाँ हस्तान्तरण गरिसकेको संयोजक युवाराज आले दमौली अनलाईनलाई जानकरी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?