नेप्से सामान्य अंकले घट्यो

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

नेप्से ५.८३ अंकले घटेर १८५८.५६ को बिन्दुमा कायम भएको छ । २९६ धितोपत्रको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँमा किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ३५९.९५ को बिन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ ।

लगानी उपसमूहको समूहगत सूचक ०.०८ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढेको छ भने सोनापुर मिनिरल्सको सेयर मूल्य सर्वाधिक ७.९९ प्रतिशतले घटेर प्रतिकित्ता २३४.८० रुपैयाँमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?