भारतमा डुंगा पल्टिँदा दुईजनाको मृत्यु

भारत : भारतको पूर्वी राज्य बिहारमा डुंगा पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्यु हुनुका साथै सातजना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर  उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी क्षेत्रमा रहेको सरयु नदीमा बुधबार साँझ डुंगा पल्टिएको थियो ।  अधिकारीहरूका अनुसार १० जना पौडी खेलेर बाहिर आएका थिए ।

“बिहीबार साँझ सरयु नदीमा १९ जना सवार डुंगा पल्टियो, दुईजनाको शव निकालेका छौँ र हराइरहेका सातजनाको खोजी भइरहेको छ,” सारणका जिल्ला अधिकारी अमन समिरले भने, “पौडी खेलेर बचेका १० जना सुरक्षित छन् ।”

डुंगा पल्टिएपछि अधिकारीहरूले खोजी तथा उद्धार अभियान टोलीलाई घटनास्थलमा पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?