काठमाडौं : अझै पनि फेसबुक सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक सञ्जाल मध्येमा पर्छ । तर फोनमा फेसबुक सधैं लगइन भएर बस्ने भएकाले धेरैजसोले आफ्नो अकाउन्टको पासवर्ड ख्याल गरिरहेका हुँदैनन् ।
तर कतिपय बेला अर्को डिभाइस वा कम्प्युटरमा लगइन गर्नु परिरहेको हुन्छ । यो स्थितिमा कयौं पल्ट प्रयोगकर्ताले आफ्नो पासवर्ड सम्झिन सक्दैनन् र आफ्नो अकाउन्ट लगइन गर्न सक्दैनन् । यदि तपाईंलाई पनि यस्तै किसिमको समस्या परिरहेको छ भने आज हामी तपाईंलाई यसको समाधान बताउँदै छौं । तपाईंले यस्तो अवस्थामा सहजै फेसबुकको पासवर्ड रिसेट गर्न सक्नु हुन्छ । त्यसका लागि तपाईंले आफ्नो रजिस्टर्ड भएको ईमेल आईडी वा फोन नम्बर सम्झिराख्नु पर्ने हुन्छ ।
कसरी रिसेट गर्ने फेसबुक पासवर्ड ?
-
सबैभन्दा पहिला फेसबुक डटकममा जानुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् र लगइन पेज खोल्नुहोस् ।
-
त्यसपछि त्यहाँ रहेको फर्गेट पासवर्डमा क्लिक गर्नुहोस् र फाइन्ड योर अकाउन्ट पेजमा पुगेपछि आफ्नो फेसबुक अकाउन्टमा रजिस्टर गरिएको ईमेल वा मोबाइल नम्बर राखेर सर्च गर्नुहोस् ।
-
अब तपाईं एउटा पेजमा रिडाइरेक्ट हुनु हुनेछ, जसमा तपाईंलाई तीन ओटा विकल्पः युज गुगल अकाउन्ट, सेन्ड कोड भाय ईमेल र सेन्ड कोड भाय मेसेज देखिनेछन् ।
-
अब कुनै एक विकल्प रोज्नुहोस्, त्यसमा एउटा कोड आउनेछ ।
-
त्यसपछि उक्त कोड राख्नुहोस्, त्यसपछि आफ्नो पासवर्ड परिवर्तन गर्ने विकल्प देख्नु हुनेछ ।
-
यसरी आफ्नो फेसबुक अकाउन्टको पासवर्ड रिसेट गरेर बिर्सिएको पासवर्ड फेला पार्न सक्नु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?