सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २०० रुपैयाँले बढेको छ ।

छापावाल सुन तोलामा एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?