बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका-५ स्थित थुम्कामा अहिले ढकमक सयपत्री फुल फुलेको छ । तिहार नजिकिए संगै रमणीय वातावरणमा सयपत्री फुल ढकमक फुलेको हो ।
थुम्का स्थित करिव ५० रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा ताम प्रसाद भट्ट नेत्र प्रसाद लामीछाने, नारायण लामीछाने लगायत ६० जनाले सयपत्री फूलको खेती गरेका हुन ।
फूल फुल्न थालेपछि एक बिरुवाबाट करिव २ वटा माला तयार हुने पुष्प ब्यबसायी भट्टकोे भनाई छ । एक बिरुवाबाट न्यूनतम ५० रुपियाँ आम्दानी गर्न सकिने उनको प्रारम्भिक अनुमान छ । प्रति मुठा न्युनतम ५० देखी प्रति माला न्युनतम २०० रुपियाँको दरले बिक्री गर्न सकिने छ ।
उनले व्यवसायीक रुपमा फूल उत्पादन गरेर आफैले मात्र डेढ लाख आम्दानी गरेका थिए । यस बर्ष पनि त्यही अनुसार आम्दानी हुने उनको प्रारम्भिक अनुमान छ । सयपत्री फुल नेपालमा उत्पादन लागत भारतको तुलनमा धेरै पर्ने भएकाले सिजनका बेला छिमेकी मुलुक भारतबाट आउने सयपत्री फूलको मुल्य संग प्रतिष्पर्धा गर्न कठिन रहेको उनको भनाई छ ।
बिरुवा रोपेको ४ महिनाभित्र फूल फुल्न थाल्ने भएकाले थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । स्थानिय बजारमा मात्र नभइ आवश्यक पर्ने फूल चितवनमा पनि उपलब्ध गराउन गराउदै आएको बताए ।
शनिबार बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले अवलोकन गर्दै आगामी दिनमा पुष्प ब्यबसायीहरुलाइ उत्पादनमा प्रोत्साहन गर्न गाउँपालीकाले बिरुवामा अनुदान दिने बताएका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?