भूकम्पपीडितका लागि राप्रपाद्वारा राहत सङ्कलन

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी आँबुखैरेनी गाउँ कार्यसमितिले गएराति जाजरकोट र रुकुममा गएको भूकम्पबाट पीडित परिवारलाई राहत प्रदान गर्न राहत सङ्कलन गरेको छ ।

शनिबार आयोजना गरेको भेटघाट तथा शोकसभाबाट भूकम्प पीडितका लागि पार्टीका नेता तथा कार्यकर्ताबाट रु ४६ हजार एक सय ३५ सङ्कलन भएको पार्टीका जिल्ला अध्यक्ष विनाेद घर्तीले जानकारी दिए।

उक्त संकलित रकम पार्टीले पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमार्फत् सरकारी कोषमा सहयोग गर्ने घर्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?