नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं : आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटको फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जिते पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर नेपालले एक सय १८४ रन बनायो ।

खराब सुरुवात गरेको नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले इनिङस् सम्हालेका थिए । गुल्सन झाले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५४ रन बनाए । २५ बल सामना गरेका उनले पाँच चौका र चार छक्का प्रहार गरे ।

यस्तै कप्तान रोहितले पनि अर्धशतकीय इनिङस खेल्दै ५२ रन बनाए । ३७ बलमा उनले पाँच चौका र २ छक्का प्रहार गरे । गुल्सन र रोहितले धरापमा परिसकेको नेपालको ब्याटिङ लाइन उकास्दै सम्माजनक योगफल बनाउन महत्वपूर्ण भूमिका खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?