काठमाडौं : नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उत्कृष्ट ब्याटर चुनिएका छन् ।
घरेलु मैदानमा सम्पन्न प्रतियोगितामा नेपाल उपविजेता हुँदा ओपनर भुर्तेलले १८५ रन बनाएका थिए ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर ओमानका बिलाल खान चुनिए । ओमानलाई छनोटको उपाधि दिलाउने क्रममा बिलालले ११ विकेट लिएका थिए ।
ओमानकै अलराउन्डर अकिब इल्यास प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । इल्यासले बलिङतर्फ १० विकेट लिँदा १०६ रन जोडे ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?