काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।
यस दिन छापावाल सुन तोलाको एक लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?