सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख १४ हजार ७०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?