दमौली : तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाटअबैध लागुऔषध सहित एक युवा पक्राउ परेको छ ।
पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका -१ गमरिया बस्ने बर्ष १८ को अशोक यादव र सोहि ठाउँका बस्ने बर्ष १८ को राकेश यादव रहेका छन् । उनीहरूको साथबाट NITRAVET-10 लेखिएको ६०० वटा ट्यावलेटलागु औषध फेला बरामद गरिएको प्रहरीले जनाएको छ ।
बुधवार विहान आँबुखैरेनी गाउँपालिका–४ बेनीटार पुलजिप स्थित पृथ्वीराजमार्ग सडक खण्डमा बिरगंजबाट पोखरा तर्फ जान आउदै गरेको बा प्र ०३-००१ ख २३१५ नं. को बस रोकी चेकजाँच गर्ने क्रममा सो बसमा सवार अशोक र राकेशलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।
औषध सहित दुबै जनालाई तनहुँ जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?