अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौं : अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । उनको आज नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखेपछि उनी बुधबार अस्पताल भर्ना भएकी थिइन् ।

अभिनेत्री दीपासाले ‘दुलही रानी’ चलचित्रममा डेब्यु गरेकी थिइन् । उनले यसबाहेक बिरानो माया, झेली चलचित्रमासमेत अभिनय गरेकी छन् ।

उनले चलचित्रबाहेक दर्जनौं म्युजिक भिडिओमा अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?