काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन तोलामा एक हजार रुपैयाँ बढेको हो ।
यस दिन छापावाल सुन तोलामा एक लाख १४ हजार ७०० रुपैयाँले कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन तोलामा एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी मूल्य तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?