दमौली : तनहुँमा राति ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वको समयमा आपराधिक घटना हुन सक्ने भएकाले राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने भएको जनाएको हो ।
देउसी-भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख अवदेश विष्टले चाडपर्वको बेला कालोबजारी हुन सक्ने भएकाले सबैले सचेत रहन, म्याद नाघेका सामग्रीहरू बिक्री नगर्न, पटाका, भुईचम्पाजस्ता विस्फोटक वस्तुहरूको बिक्री वितरण नगर्न समेत आग्रह गरेका छन् ।
यस्तै तिहारको समयमा जुवातास खेल्ने र खेलाउने कार्य गरिएमा कानुन अनुसार कारबाही हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?