जनार्दन शर्माले यो वर्ष भाइटीका नलगाउने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले यो वर्ष भाइटीका नलगाउने भएका छन् ।

जाजरकोट भूकम्पबाट ठूलो जनधनको क्षति भएकाले आफूले भाइटीका नलगाउने निर्णय गरेको उनको भनाइ छ ।

कार्तिक १७ गते राति गएको भूकम्पबाट कम्तीमा १५४ जनाको ज्यान गएको थियो ।

यस वर्षको भाइटीका आगामी बुधबार परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?