दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते

सियोल : दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् ।

योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा स्थानीय समयानुसार शनिबार बिहान ८ः१० बजे आगलागी भएको थियो ।

बिरामीहरूसहित लगभग ९० उद्धारकर्तामध्ये १४ जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ । सामान्य चोटपटक लागेको छ । करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

घटनाको कारणबारे अनुसन्धान गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?