ओलीलाई मातृशोक

काठमाडौं : गायिका तथा एमाले नेतृ  कोमल ओलीलाई मातृशोक परेको छ ।  उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो ।

उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् ।

हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।

दीपा ओलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?