सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं : साताको तेस्रो दिन सुनको मूल्य पाँच सय रुपैयाँले वृद्धि भएको छ ।

मंगलबार नेपाली बजारमा छापावाल सुन तोलामा पाँच सयले बढेर एक लाख १६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, अघिल्लो दिन सोमबार मात्रै प्रतितोला एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख १५ हजार ६५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार बजारमा चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?