दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएका छन् ।
मंसिर ७ गते परेको हरिबोधिनी एकादशीको अवरसमा आँबुखैरेनी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले सूचना जारी गर्दै रेसुङ्गामा ठुलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरेको उल्लेख गरेका छन् ।
एकादशीको आँबुखैरेनी-१ १ याञ्चाेकमा अवस्थित धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थल आँदिमूलमा ठूलो मेला लाग्ने गर्दछ ।
मेलालाई व्यवस्थित रुपमा मनाउनको निम्ति कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिका भित्रका संस्था, कार्यालयहरु, माताहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरेका हुन् ।
अहिले आँदिमूल क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्त्विक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बर्धन र प्रचारप्रसारको काम भइरहेको छ ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?