
दमौली : तनहुँकाे आँबुखैरेनी गाउँपालिका- १ याञ्चाेकमा अवस्थित आँदिमूल अर्थात् आँधिबराही देवी मन्दिरमा आगामी मैसिर ७ गते ठूलाे एकादशीका दिन मेला लाग्ने भएकाे छ ।
आफ्नाे मनाेकाँक्ष पूरा हुने विश्वासका साथ हरिबाेधनी एकादशीका दिनमा दर्शन गर्न भक्तजनकाे भिड लाग्ने गर्छ ।
अघिल्लाे दिनमा सत्यनारायणकाे पूजा गरि फूलडाेली तयार पारी उक्त दिन बाजागाजा सहित मन्दिरमा फूलकाे ताेरन टाँग्ने प्रचलन रहेकाे मन्दिरका पुजारी युवराज मास्की मगरले जानकारी दिए ।
पृथ्वी राजमार्गकाे सत्रसय र याम्पाफाँटबाट करिब ४५ मिनेटकाे पैदल दुरी र २० मिनेटकाे सवारी साधनबाट पुग्न सकिने मन्दिरमा २२ वटा धाराबाट कलकल बग्ने पानीले मन्दिरकाे शाेभा बढाएकाे छ ।
धार्मिक , एतिहासिक, पर्यटकीय र पिकनिक स्पाेटकाे रुपमा समेत पहिचान बनाएकाे मन्दिरमा हरेक वर्ष ठूलाे एकादशी अर्थात हरिबाेधनी एकादशीकाे दिनमा ठूलाे मेला लाग्ने गर्छ भने औंसी साउन महिनामा पूजा नचल्ने स्थानीयले बताउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?