केपी ओली कप: बागमतीले दियो कर्णालीलाई १९० रनको चुनौतीपूर्ण लक्ष्य

पोखरा : पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–२० प्रतियोगितामा शुक्रबार भएको खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १९० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिला ब्याटिङ गर्दै बागमती प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रनको विशाल स्कोर खडा गरेको हो।

राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका स्पिनर सन्दीप लामिछानेको कम्तानीमा रहेको बागमतीको यो दोस्रो खेल हो। यसअघि बिहीबार उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्ट एकेडेमी रातोसँग सहज जित निकालेको थियो।

कर्णालीसँगको खेलमा विशाल स्कोर बनाउने क्रममा बागमतीका रित गौतमले सर्वाधिक ८२ रन बनाए। उनले १० चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएकाहुन्।

यस्तै इरान पाण्डेले पनि शानदार पारी खेले। ३८ बलको सामना गरेका उनले ६ छक्का र चार चौका हान्दै ७० रन बनाए। यस्तै प्रतीश जिसले १२ तथा प्रतीक श्रेष्ठ ७, शुभास कंसाकार ४ र रोशन विकले  रन बनाए। सन्दीप लामिछाने र गौरव खड्का भने शून्य रनमा आउट भए।

कर्णालीका लागि दिनेश अधिकारीले ३, दिवान पुन र अनुज चनाराले एक/एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?