साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो । आइतबार भने दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार चाँदीको मूल्यमा समेत तोलामा १० रुपैयाँ बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?