सत्यवतीकी बानिया गण्डकी प्रदेश स्तरीय वतृत्वकला प्रतियोगितामा प्रथम

दमौली : तनहुँको व्यास नगरपालिका–२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा अध्यरत छात्रा भरोशा बानियाँ गण्डकी प्रदेश स्तरीय वतृत्वकला प्रतियोगितामा प्रथम भएकी छिन् ।

गण्डकी प्रदेश सरकारद्वारा आयोजित “प्रदेश सरकारसँग बालबालिकाको अपेक्षा’’ भन्ने विषयमा प्रतियोगितामा कक्षा ११ मा विज्ञान समुहमा अध्ययरत छात्रा बानिया प्रथम भएकी हुन् ।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र प्रदेश बाल क्लबको आयोजनामा गरिएको प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र शान्त्वना हुनेलाई पोखरामा पुरस्कार प्रदान गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले आईतबार प्रमाणपत्र प्रदान गरिन् ।

प्रथम हुन सफल छात्रालाई सोमबार सत्यवती माध्यामिक विद्यालयले बधाई ज्ञापन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, प्रधानाध्यापक पुष्पकला भट्टराईप, शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमराज सिग्देल लगायत विद्यालयका शिक्षकहरुले बधाई ज्ञापन गरेको छ । शिक्षकहरुले दिएको मार्गदर्शन अनुसार प्रस्तुति दिएको र सफलता मिलेको बानियाँले बताइन् ।

सत्यवती देशकै उत्कृष्ट विद्यालय अन्तर्गत पर्दछ । यो विद्यालय २०५७ सालदेखि तनहुँ जिल्लामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भयो । चारपटक पश्चिमाञ्चल क्षेत्रको सर्वोत्कृष्ट विद्यालय, एकपटक राष्ट्रियस्तरको प्रथम र दुईपटक राष्ट्रियस्तरमा दोस्रो पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्न सत्यवती सफल भएको छ ।

सत्यवतीले २०५७, २०६६, २०६७, २०७० को एसएलसी परीक्षामा पश्चिमाञ्चल क्षेत्रमा प्रथम स्थान हासिल गरेको थियो । २०५७ मा ५० हजार र ०६६ र ०६७ मा उत्कृष्ट भएवापत शिक्षा मन्त्रालयबाट ध्वजा, शिल्ड र एक लाख नगद रुपैयाँ नगदबाट पुरस्कृत भएको थियो । उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले यो विद्यालय विद्यार्थी तथा अभिभावकको रोजाईमा परेको छ । विद्यालयमा दुई हजार आठ सय विद्यार्थी अध्ययन गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?