काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबारको तुलनामा आज एक हजार ६०० रुपैयाँ बढी हो ।
यसअघि मंगलबार एक लाख १७ हजार ७०० रुपैयाँ र सोमबार एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?