सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं : साता कारोबारको दोस्रो दिन अर्थात् सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले विवाहको सिजनमै नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाली बजारमा आज सुन प्रतितोला ८ सय रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुनको मूल्य एक लाख २१ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

कारोबारको अघिल्लो दिन अर्थात आइतबार छापावाला सुनको मूल्य एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो त्यस्तै, चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?