प्रधानमन्त्री टिकटकको प्रतिबन्ध खोल्न सकारात्मक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटक खुला गर्न सकारात्मक देखिएका छन् । उनले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको दाबी गरे ।

सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले टिकटक नियमन गरेर सञ्चालन गर्न सकिने बताए ।

उनले अदालतले पनि सरकारकै पक्षमा प्रारम्भिक निर्णय गरेको आफ्नो बुझाइ रहेको बताए ।

उनले आफ्नो घरमै पनि टिकटकको लत रहेको उल्लेख गर्दै कतिपयले यो निर्णयप्रति सरकारलाई धन्यवाद पनि दिएको धारणा राखे ।

केही समय अगाडि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?