दमौली : तनहुँको व्यास नगरपालिका–२ मा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन इन्द्रलाल श्रेष्ठ (बिकल्प) श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न भएको संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट पुनः विकल्प चयन भएका हुन् ।
संस्थाको उपाध्यक्षमा रामचन्द्र भट्ट,सचिवमा पूर्ण बिके,कोषाध्यक्षमा भीमसिं ठकुरी चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा राजेन मिया,अग्निधर खनाल,राधिका लम्साल,आसकाजी श्रेष्ठ लगायतका चयन भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा अमर थापा चयन भएका छन् भने सदस्यमा याम बतास र पुष्प श्रेष्ठ चयन भएका छन् ।
उक्त अधिवेशनको गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठले फनपे मार्फत उदघाटन गरेका थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?