पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पोखरा : पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२६ सुन्दरीबजार स्थित पृथ्वीराजमार्ग पोखराबाट तालचोकतर्फ आउँदै गरेको BAA 0041 नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।

कारले स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाइते भएका पोखरा महानगरपालिका–२५ बस्ने २३ वर्षीय अनिशा खड्का र पोखरा महानगर–२५ बस्ने २४ वर्षीय भावना बरालको उपचारको क्रममा चरक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनापछि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?