सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलाको एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?