‘ध्रुबे’का गतिविधि निगरानी गर्न घाँटीमा जोडियो रेडियो कलर

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रबाट ध्रुबे हात्तीलाई सोमबार नियन्त्रणमा लिइएको छ ।

सोमबार अपराह्न डार्ट गरेर धुर्बेलाई समातिएको हो । डार्ट गरेर लट्ठिएको हात्तीको घाँटीमा रेडियो कलर जडान गरिएको छ ।

बस्तीमा छिरेर घर भत्काउन थालेपछि धुर्बेका गतिविधि निगरानी गर्न रेडियो कलर जडान गरिएको हो । अब धुर्बेको गतिविधि हेरेर स्थानीयलाई सचेत गराउन सकिने छ ।

धुर्बेले माडी र जगतपुर क्षेत्रमा घर भत्काउने गरेको थिय‍ो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?