राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा अबदेखि मासु खान नपाइने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रदेखि वडा तहका कार्यक्रमहरूमा अब मासु खान नदिने भएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका ब्यानरमा हुने कार्यक्रममा मासु नखुवाएर शाकाहारी खाना मात्र खुवाउन निर्देशन दिएका हुन् ।

गत आइतबारदेखि राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जारी छ। राप्रपाले पार्टीका कार्यक्रममा नेता तथा कार्यकर्तालाई खानासँगै सागपात, दुधदही र फलफूललगायत सात्त्विक भोजन मात्रै खुवाउने भएको हो ।

पार्टीका कार्यक्रममा अबदेखि माछा–मासु खुवाउन नपाइने भनेर अध्यक्षले निर्देशन दिइसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनले हिन्दुराष्ट्र पुनर्स्थापना लगायत पार्टीले लिएका एजेन्डामा पनि यस्ता निर्देशनले बल पुग्ने तर्क गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?