सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले बढेको छ । छापावाल सुन तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १८ हजार ४५० रुपेयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?