बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं : सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनीविरुद्धको आरोप पुष्टि गरेको हो ।

उनीमाथि करणी गरेको ठहर भएको छ । सन्दिपले आफूलाई करणी गरेको आरोप लगाउने युवती जसलाई केवल गौशाला २६ (छ) भनेर चिनाइएको छ, उनी बालिग रहेको ठहर भएको छ । करणीको सजाय तोक्नका लागि आगामी पुस २५ गतेलाई पेसी तोकिएको छ ।

गत वर्षको भदौ २१ मा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा सन्दिप विरुद्ध बलात्कार गरेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा उनी असोज २० मा पक्राउ परेका थिए । जाहेरीमा सन्दीपले ती किशोरीलाई भदौ ५ गते राति होटेल काठमाडौं इनमा लगेर बलात्कार गरेको उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?