महायज्ञमा ४० लाख बढि रकम संकलन गरि संघको भवन निर्माण गर्ने लक्ष्य लिएको तनहुँ नेत्रहिन संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । महायज्ञमा युवा पण्डित परशुराम काफ्लेले कथाबाचन गर्ने छन् ।
नेत्रहिन संघको भवन निर्माणकोलागि व्यास ५ का समाजसेवी कुलबहादुर गुरुङले ४ आना २ क्षेत्रफलको जग्गा निशुल्क उपलब्ध गराएका थिए । सोही जग्गामा आवासिय भवन बनाउन महायज्ञ गर्न लागिएको अधिकारीले बताए ।
नेपाल नेत्रहिन संघ तनहुँका अध्यक्ष चिनबहादुर कुमालको अध्यक्षतामा आयोजित महायज्ञ उद्घाटन कार्यक्रममा संविधानसभाका सदस्य रामचन्द्र पोख्रेल, व्यास गुफाका पिठाधिश दामोदरबाबा, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका सचिव कृष्णप्रसाद अधिकारी, नेपाली काँग्रेसका उपसभापती देवकुमार श्रेष्ठ, नेकपा एमालेका सचिव राजेश्वर ढकाल, नेकपा माओवादी केन्द्रका व्यास नगर अध्यक्ष रामचन्द्र सापकोटा, रिसेडका उपाध्यक्ष इश्वर बास्तोला, नेपाल नेत्रहिन संघ गण्डकी प्रदेशका सचिव छवि आले,अपाङ्गता अधिकारकर्मी मदन पौडेल लगायतले बोलेका थिए ।
आज देखि सुरु भएको महायज्ञ पुस २६ गतेसम्म चल्नेछ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?