काठमाडौं : दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने भएको छ । दक्षिण कोरियाली संसद्ले मंगलबार कुकुरको मासु उपभोग र बिक्रीमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको हो ।
राष्ट्रव्यापी बहसपछि कोरियामा वर्षौंदेखि अभ्यासमा रहेको कुकुरको मासु खाने चलनमा प्रतिबन्ध लगाइन थालिएको हो । मंगलबार पास भएको नयाँ कानुनको लक्ष्य सन् २०२७ सम्म कुकुरलाई निर्मम तरिकाले काटेर उसको मासु बिक्रीमा प्रतिबन्ध लगाउने रहेको छ ।
नयाँ कानुनअनुसार अब कुकुरको मासु वितरण वा बेचबिखनजस्तै उपभोगको लागि कुकुर पाल्न वा काट्न पाइने छैन । कानुन उल्लंघन गर्नेलाई कारबाही गरिने पनि कानूनी व्यवस्था छ ।
कुकुर मार्नेलाई ३ वर्षसम्म जेल सजाय हुन सक्नेछ । त्यस्तै मासुका लागि कुकुर पाल्ने वा बेच्नेलाई २ वर्षसम्म जेल सजाय हुने कानुनमा उल्लेख छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?