काठमाडौं : लोक दोहोरी क्षेत्रमा भर्खरै उदाउँदै गरेका तनहुँका गायक विनोद अर्यालको आवाजमा रहेको ‘ आधा परान ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद अर्यालसँगै गीता चनाराको आवाज रहेको छ ।
उक्त गीतमा विनोद अर्याल र विश्व विनोदको लय / शब्द रहेको छ । गीतको भिडियोमा गोविन्द थापा, सोनी बि.सी., शिशिर शर्मा र रबिना कार्कीको अभिनय देख्न सकिन्छ। नुवाकोटको गुरुङ गाउँ साथै एचबिएस नेपाल मनोरम दृश्यमा छायांकन गरिएको भिडियो मिलन श्रेष्ठको निर्देशन र कोरियोग्राफीमा तयार पारिएको हो ।
यसैगरी, छायांकन / ड्रोनमा बिशाल गोङ्बा रहेका छन, भने सम्पादनमा रोशन धिताल रहेका छन । एरेन्जमा झलक संगीतम रहेका छन, भने श्रृंगारमा शोभाना न्यौपाने रहेकी छिन् । गीतको भिडियो विनोद अर्याल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । अहिलेको सुस्ताएको नेपालको म्युजिक बजारलाई यस गीत र भिडियोले केही हदसम्म उजागर गर्ने आशा गरिएको छ ।
उक्त गीतको भिडियोमा मिडिया पार्टनरको रुपमा जन अपडेट लगायत विभिन्न मिडिया रहेका छन् ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?