गाईको मासुसहित दुईजना पक्राउ

काठमाडौं : गाईको मासुसहित चितवनबाट दुईजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका १ गोब्रेनीबाट रामगोपाल तामाङ र उनका छोरा मसिने तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमै गाईको बाच्छी काटेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई मासुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले करिब २० किलो मासु बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?