वर्तमान र पूर्व कप्तान भित्र्याएपछि उत्साहित एपीएफ, रोहित कप्तान, ज्ञानेन्द्र प्रशिक्षक

काठमाडौं : नेपाल एपीएफ क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान रोहितकुमार पौडेल र पूर्व कप्तान ज्ञानेन्द्र मल्लाई अनुबन्ध गरेको छ ।

शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै एपीएफले रोहित र ज्ञानेन्द्रलाई अनुबन्ध गरेको हो ।

यसअघि त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका रोहितले अब एपीएफ क्लबको कप्तानी गर्ने छन् ।

नेपाल एपीएफ  क्लबका खेल व्यवस्थापक विजय केसीका अनुसार क्लबले पूर्व कप्तान ज्ञानेन्द्रलाई प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ ।

एपीएफले प्रधानमन्त्री कपको पहिलो खेल आइतबार बागमती प्रदेश विरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?