सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेर कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार चाँदी प्र्रतितोला एक हजार ४२० रुपैयाँमा करोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?