त्रिशूलीमा खसेको भारतीय जीप निकालियो, मान्छे नभएको पुष्टि

मुग्लिन : त्रिशुली नदीमा खसेको बोलेरो जिपका चालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनलेबताएको छ।

आज बिहान ४ः४० मा त्रिशुली नदीको ३ नम्बर पुलमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो जिप दुर्घटनामा कुनैपनि मानवीय क्षति नभएको चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताए ।

प्रत्यक्षदर्शीले बताए अनुसार गाडीका चालक करिब ५ः३० बजे अर्को गाडी चढेर गएको, गाडी दुर्घटना हुनु अघि चालकले हाम फालेर ज्यान जोगाएको र अर्को गाडीमा कतै गएको उनले बताए ।

त्रिशूलीमा खसेको जीप भेटिएको छ । भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको थियो । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । जीप सडकबाट करिब ८५ मिटर तल खसेको थियो ।

त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको थियो । स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घटनास्थलमा परिचालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?