नाइजेरियामा विस्फोट : दुईजनाको मृत्यु

काठमाडौं : नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोको एक आवासीय क्षेत्रमा विस्फोट भएको छ । विस्फोटमा कम्तीमा दुईजनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका छन् ।

राज्यका गभर्नर सेई माकिन्देले यसबारेमा जानकारी दिएका छन् । विस्फोटमा घाइते भएका ७७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको बताइएको छ ।

ओयोको राजधानी इबादान जिल्लाको बोडिजामा रहेको एक निजी निवासमा विस्फोट भएको थियो । बोडिजाको एउटा घरमा गैरकानुनी रूरुपमा विस्फोटक उपकरणहरू भण्डारण गरेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोटका कारण धेरै भवनहरू ध्वस्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?