काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयले घटनाबारे गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएका छन् ।
मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?