काठमाडौं : युट्युबर मनोज मानवलाई पाँच दिन हिरासतमा राखिने भएको छ । उनलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद दिएको हो ।
उनलाई प्रहरीले व्यक्तिगत तथा सामाजिक जीवनमा असर पर्ने गरी झुटो विवरणसहित भिडियो बनाएर युट्युबबाट प्रसारण गरेको आरोपमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार एक महिलाले आफ्नो चरित्रहत्या गरेको उजुरी दिएकी थिइन् । त्यसैका आधारमा साइबर ब्युरो भोटाहिटीबाट खटिएको टोलीले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?