नेपालको जनसङ्ख्या अनुमान गरिएकोभन्दा कम हुनसक्ने : केन्द्रीय तथ्याङ्क विभाग

नेपालको जनसङ्ख्या यसअघि अनुमान गरिएकोभन्दा ‘कम हुनसक्ने’ केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।“मेरो गणना मेरो सहभागिता“ भन्ने मुल नारा का साथ सुरु भएको संघीय गणतान्त्रिक नेपालको पहिलो तथा नेपालको जनगणना इतिहासको १२ औं जनगणना “राष्ट्रिय जनगणना २०७८” यही मंसिरमा सकिएको छ ।नयाँ जनगणनाअनुसार अहिलेको जनसङ्ख्या “तीन करोड नपुग्न सक्ने” देखिएको विभागले बताएका छन्। दुई करोड ९० लाखदेखि तीन करोडको बीचमा  जनसङ्ख्या हुने अनुमान गरिएको छ।

जुन पहिलो चरणमा सुपरिवेक्षकद्वारा घर तथा घरपरिवार सूचीकरण गरि र दोस्रो चरणमा गणकहरु द्वारा मुख्य प्रश्नावली भरेर सम्पन्न भएको छ। सङ्कलन गरिएका घर तथा घरपरिवार सूचीकरण फारमका आधारमा त्यस्तो अनुमान गरिएको हो।

सङ्घीयता लागु भएपछि नेपालमा यो पहिलो जनगणना हो ।यसअघि २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्कमा टेकेर १० वर्षमा अर्थात्‌ २०७८ सालसम्ममा नेपालको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरिएको थियो। राष्ट्रिय जनगणना २०७८ को पूरै नतिजा आउन एक वर्ष लाग्ने जनाएको छ। “जनगणनाको प्रारम्भिक नतिजा चाहिँ फागुनसम्ममा आउने  तथ्याङ्क विभागले जनाएको छ। कार्तिक २५ गतेबाट आरम्भ भएको राष्ट्रिय जनगणना मंसिर ९ गते सकिएको थियो।

अनुमानभन्दा किन कम ?

नेपालमा जनगणना इतिहासको १२ औं  “राष्ट्रिय जनगणना २०७८ सम्म आइपुग्दा प्रजनन दरमा कमी आउनुले  अनुमानभन्दा  कम जनसङ्ख्या देखिनुको मुख्य कारकका रूपमा देखिएको विभागका अधिकारीहरूले बताएका छन्। सन् २०१९ मा गरिएको नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भेले नेपालमा प्रजनन दर घटेर २ मा पुगेको देखाएको छ। यसअघि भने नेपालको प्रजनन दर २.३ थियो। दुई भनेको ‘रिप्लेस्मन्ट लेभल फर्टिलिटी’भन्दा पनि कम हो। रिप्लेस्मन्ट लेभल फर्टिलिटी २.१ हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?