अरुण चौधरीसहितलाई चार दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौं : व्यवसायी अरुण चौधरीसहितलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालासले चौधरीसहित सञ्जय ठाकुर, अजितनारायण थापालाई हिरासतमा राख्न अनुमति दिएको हो । थापा बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष हुने भने ठाकुर सीजी अन्तर्गतको चाँदबागका अध्यक्ष हुन् ।

बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिनाको आरोप लागेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका प्रवक्ता चन्द्रप्रसाद पन्थीले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?